Logo
Logo
प्रतिनिधिसभा पुर्नस्थापना

सर्वाेच्चको निर्णयविरुद्ध ओली समर्थकद्वारा प्रदर्शन


दृष्टि संवाददाता


काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि जारी परमादेशविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् ।

सोमबार सर्वोच्च अदालतनजिकै माइतीघर मण्डलामा गरेको प्रदर्शनमा उनीहरुले सबै फैसला मानिँदैन लेखिएको ब्यानरसहित प्रदर्शन गरेका हुन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन खारेज गर्दै पुर्नस्थापना गर्ने फैसला गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्