Logo
Logo

घुस लिने प्रहरीलाई प्रहरीले पक्राउ गर्याे


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २१ चैत ।
सहज रुपमा श्रम स्वीकृती दिलाइदिने बहानामा घुस लिने प्रहरी जवान घुससहित पक्राउ परेका छन् । महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वर दरबन्दी भई ताहाचल स्थित वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालयमा सुरक्षार्थ खटिएका प्रहरी जवान गणेश लोहारलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले मंगलबार पक्राउ गरेको हो । १७ हजार रुपैयाँ घुससहित उनी रंगेहात पक्राउ परेका हुन् ।


लोहारमाथि कारबाही गर्न कालिमाटी वृत्तले काठमाडौं परिसरमा बुझाउकोमा परिसरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । साउदी अरबका लागि श्रम स्विकृती लिने सिलसिलामा सेवाग्राहीसँग उनले घुस लिएका थिए । सो कार्यालयबाट यसअघि घुससहित पटक पटक कर्मचारी समेत पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्