Logo
Logo

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेको भए पनि समय तय भइसकेको छैन । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ । त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन् ।

नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो १ बजे बालुवाटारमा बोलाइएको छ ।

यो पनि

प्रतिक्रिया दिनुहोस्