Logo
Logo

एमाले स्थायी कमिटी बैठक स्थगित


दृष्टि संवाददाता


फाइल तस्विर

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकाले आज अपरान्ह १ बजे निर्धारित बैठक स्थगित भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

अर्को बैठकको मिति तय भएको छैन । यसअघि वार्ता कार्यदलले तयार पारेको १० बुँदे सम्झौता अनुमोदन गर्न सोमबार साँझ बैठक बोलाइएको थियो । सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिका कारण बैठक अनौपचारिक रूपमा मात्र बसेका थियो ।

यो पनि…

प्रतिक्रिया दिनुहोस्