Logo
Logo

अवार्डका लागि ९४ फिल्म हेरिँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ चैत । ‘डी–सिने अवार्ड–०७५’को ११औ सस्करणका लागि जुरीबाट चलचित्र हेर्ने काम सुरु भएको छ । ११औ संस्करणका लागि चलचित्र दर्तास“गै निर्णायकबाट छनोट शुरु गरिएको हो ।
‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने नाराका साथ २०६६ सालबाट प्रारम्भ भएको यो अवार्ड मूख्यतः डिजिटल फम्र्याटलाई आधार मानेर तत्कालिन अवस्थामा प्रारम्भ गरिएको हो ।
पुँजीले मात्र होइन, प्रविधिबाट पनि चलचित्रको गुणस्तर विकाश गर्न सकिन्छ भन्ने मान्यतालाई प्रोत्साहन गर्नुका साथै प्राविधिक एवं कलाकारलाई हौसला प्रदान गर्नका निमित्त डी सिने अवार्ड गरिने गरेको अवार्डका अध्यक्ष शान्तिप्रियले बताए ।
यस वर्ष प्रदर्शन भइसकेका र भइरहेका ९४ चलचित्रले इएनआई छायाँछवि डी सिने अवार्ड–०७५ मा सहभागीता जनाएकक छन् । ती चलचित्रलाई ‘प्रि–जज’बाट सिफारिस गरिएपछि मात्र निर्णायकहरुले चलचित्र हेरिरहेका छन् ।
निर्णायकमा वरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, निर्णायक संयोजकको रुपमा रहेका छन् भने निर्णायकहरुमा बरिष्ठ पत्रकार, निर्देशक विजयरत्न तुलाधर, निर्देशक राजेन्द्र उप्रेती तथा महिला छायाँकार सवनम मुखिया रहेका छन् । अवार्ड आगामी २१ बैशाखमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्