Logo
Logo

क्रिकेट मैदानका लागि सहयोग गर्दै १०१ हलमा ‘लभ स्टेशन’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ चैत । नेपाली फिल्म ‘लभ स्टेशन’ आज शुक्रबार मुलुकका १०१ ओटा सिनेमा हलमा रिलिज हुनेछ ।
फिल्म प्रदर्शनको पूर्व सन्ध्यामा लभ स्टेशन निर्माण टिमका तर्फबाट भरतपुरका निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि धुमुर्स सुन्तली फाउन्डेसनलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलसँगको छलफलपछि लभ स्टेशनको नेपालमा प्रदर्शन भएको मुनाफाको ५ प्रतिशत रकम सो क्रिकेट मैदान निर्माणका लागि फाउन्डेसनलाई प्रदान गरिने घोषणा पनि गरिएको छ ।
यसबारे फिल्मका प्रस्तुतकर्ता गोबिन्द शाहीले भने, ‘हाम्रो चलचित्रका तर्फबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि अहिले ५० हजार रुपैयाँसहित फिल्म प्रदर्शन भएपछि नेपालबाट उठेको मुनाफाको ५ प्रतिसत रकम दिने भएका छौँ । साथै चलचित्र पत्रकार संघका तर्फबाट ७ जेठमा प्रदान गरिने चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार बिजेतालाई अभिनेता प्रदीप खड्का र मेरो तर्फबाट एउटा ल्यापटप प्रदान गरिने घोषणा गर्दछौँ ।’
गत साता अभिनेता प्रदीप खड्काले काठमाडौंको गोकर्णस्थित संयुक्त एकता अपांग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई भर्नासहित ३ महिनाको बिद्यालय शुल्क, बारा जिल्लाका हुरी बतास पीडितलाई सोमबार ५० हजार रुपैया“ प्रदान गरिसकेका छन् ।
अभिनेता प्रदीप खड्काले आफुसँ“ग प्रसस्त पैसा नभएपनि कलाकारको पनि सामाजिक उत्तरदायित्व हुने भन्दै सहयोग प्रदान गरेको बताए । उनले भन्े, ‘नेपाली चलचित्र नचलेको र चल्ने वातावरण विभिन्न पक्षबाट बिगार्ने काम भइरहेकाबेला चलचित्र क्षेत्रको समाजप्रतिको दायित्व निर्वाह गर्ने हामीले यस्तो सहयोग गर्र्दै आएका हौँ ।’
यो फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । लभ स्टेशन साँगीतिक प्रेमकथामा आधारित सामाजिक कथाबस्तुमा आधारित रहेको निर्देशक घिमिरेले बताए ।
लिली–बिलीबाट चर्चा बटुलेका जोडी प्रदीप खड्का र जसिता गुरुङसँगै फिल्ममा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । यो फिल्मलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । फिल्ममा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्