Logo
Logo

ओली सरकारले कोरोना महामारीमा गरेका खर्च विवरण सार्वजनिक गरिँदै


दृष्टि संवाददाता


काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ को महामारीमा गरेका सम्पूर्ण खर्चको विवरण सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेलगत्तै मंगलबार बेलुकी राखेको पहिलो मन्त्रिपरिषद बैठकले ओली सरकारले कोरोना महामारीमा गरेका खर्चको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।

ओली नेतृत्वको सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका गरेको खर्च सार्वजनिक गर्ने निर्णय भएको सरकारका प्रवक्ता कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

साथै, महामारीको समयमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतले पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन सुरू गर्ने पनि बैठकले निर्णय गरेको छ ।

कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने मन्त्री कार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्