Logo
Logo

सामाजिक सुरक्षा योजनाको विरुद्धमा बैंक कर्मचारी


दृष्टि संवाददाता


काठमाडौं । केही दिनयता बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु निरन्तर आन्दोलरत छन् । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जान अनिवार्य गरेपछि उनीहरुको त्यसको विरोधमा उित्रिएका हुन् ।

सामाजिक सुरक्षा योजनामा जाँदा यसअघि पाउँदै आएको सुविधाबाटै बञ्चित हुने भन्दै उनीहरुले बैंक तथा वित्तीय संस्थाका गेटमा विरोध पत्रसहित प्रदर्शन गर्दै आएका छन् ।

आईएलओ अभिसन्धि १९४९, नागरिकको मौलिक हक, श्रम ऐनको मर्मविपरित बैंक बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको हक कुण्ठित हुनेगरी योगदानमा आधारित सरकारले सामाजिक सुरक्षा योजना ल्याएकामा उनीहरु असहमति भएका हुन् ।

सामाजिक सुरक्षा योजनामा जबर्जस्ती सामेल गराउने कार्य रोक्न माग गर्दै सर्वोच्च अदालतमा बैंकिङ क्षेत्रका विभिन्न ६५ जनाले संयुक्त रुपमा रिट निवेदन निवेदन दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्