Logo
Logo

देउवा प्रधानमन्त्री हुनेवित्तिकै गच्छदार अदालतमा हाजिर


दृष्टि संवाददाता


काठमाडौं । बालुवाटारस्थित चर्चित ललिता निवासको सरकारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि म्याद नबुझी फरार रहेका कांग्रेस उपसभापति विजय गच्छदार बुधबार विशेष अदालतमा हाजिर भएका छन् ।

लामो समयदेखि अदालतमा म्याद नबुझेपछि अदालतले सार्वजनिक सूचना समेत जारी गरेको थियो । हाजिर हुन सार्वजनिक सूचना जारी गर्दासमेत हाजिर नभएका गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै अदालतमा हाजिर भएका हुन् । अदालत स्रोतका अनुसार उनी बुधबार बिहान सहयोगीसहित अदालतमा उपस्थित भएका छन् ।

अदालतमा हाजिर नभएपछि ओली नेतृत्वको सरकारको आँखा फरार रहेका गच्छदार देउवा प्रधानमन्त्री हुनेवित्तिकै हाजिर हुुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टीकै सार्वजनिक कार्यक्रमहरुमा समेत उनको सहभागी खाशै देखिन छाडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्