Logo
Logo

हिउँपहिरोमा तीन बेपत्ता


- दृष्टि न्युज/संवाददाता


जाजरकोट, २२ चैत । टेलिफोन सम्पर्क हुन नसक्ने माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीन बेपता भएका छन् ।
माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित चैत १७ गते कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा तीन बेपता भएका हुन् ।
बेपत्ता हुनेहरूमा शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ रहेको सांसद पूर्वशान्तिमन्त्री सत्य पहाडीले टेलिफोनमार्फत जानकारी दिए ।
यता डोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अवदेश विष्टले घटना पुष्टि गर्दै हिउँ भारी मात्रामा भएका कारण घटनास्थलसम्म पुग्न समस्या भएको बताए ।

प्रतिक्रिया दिनुहोस्