Logo
Logo

अष्ट्रेलियाली राजदूतद्वारा प्रचण्डसँग शिष्टाचार भेट


दृष्टि संवाददाता


काठमाडौं । नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कले नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

आज बिहान भएको भेटका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त राजदूत वोल्कलाई स्वागत गरे । अध्यक्षले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै नेपालका लागि पुर्‍याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरेका छन् ।

सो अवसरमा प्रचण्डले राजदूत व‍ोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन् । उक्त भेटवार्ता राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने बताइन् । उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्