Logo
Logo

राष्ट्रपतिद्वारा टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडी बिदाई


दृष्टि संवाददाता


काठमाडाैं । टोकियो ओलम्पिकमा सहभागी हुने राष्ट्रिय टिमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरेकी छिन्। राष्ट्रपति भवन शीतलनिवासमा एक कार्यक्रमका बीच नेपालबाट ओलम्पिकमा सहभागी हुने टाेलीलाई राष्ट्रपति भण्डारीले राष्ट्रिय झण्डा हस्तान्तरण गरेर विदाई गरेकी हुन् ।

ओलम्पिक जस्तो ठूलो प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्यका साथ सहभागी हुन भण्डारीले शुभकामना दिइन् । उनले खेलमा रहेको नियमहरु पालना गरेर अनुशासनमा रहेर खेल्न खेलाडीलाई आग्रह गरिन् ।

विदाई कार्यक्रममा २१ जनाको सहभागिता थियो । जसमा शुक्रबार सुटिङ र जुडोको टिमसहित १० जनाको टिम जानेछ । त्यसपछि १९ तारिखमा दोस्रो टिम जानेछ । जसमा ओलम्पिकका अध्यक्ष, महासचिवसहित खेलकुद मन्त्रालयका सचिव छन् । 

एथ्लेटिक्सका टिम भने जुलाई २५ मा जानेछ । ओलम्पिक जाने सूचीमा रहेका २६ जनामा तेज गुरुङ नजाने भएका छन् । 

प्रतिक्रिया दिनुहोस्