Logo
Logo

स्वास्थ्य मन्त्रालयको जम्बो टोली सिंगापुर सयरमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सरकारको अनावश्यक विदेश भ्रमण नगर्ने नीति विपरीत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० जनाको जम्बो टोलीलाई सिंगापुर पठाएको छ । आइतबार गएको ३० जनाको जम्बो टोलीमा मन्त्रालयको विपद ब्यवस्थापन शाखाका प्रमुख चुडामणि भण्डारी, नर्सिङका निर्देशक रोशनी तुईतुईसहित ३० जना विपत ब्यवस्थापनको कार्यक्रममा गएका हुन् । २८ जना अस्पतालहरुका मेडिकल सुपरिटेन्डेन्ट छन् ।

सिंगापुरमा एक साता घुम्न पाउने भएपछि त्यहाँबाट आएको भत्ताको रकम सबै चुडामणि भण्डारीमार्फत् सचिव चौधरीलाई अग्रिम दिनेहरुलाई मात्र भ्रमण टोलीमा सामेल गरिएको स्रोतले बताएको छ । एक साता सिंगापुर भ्रमण गर्न पाउने भएपछि कर्मचारीले पाउने भत्ता सबै बुझाएर पनि गएका छन् । स्रोतका अनुसार सिंगापुर भ्रमणमा न्यूनतम ५० हजारदेखि १ लाख रुपैयाँसम्म घुस दिनेहरुमात्र परेका छन् । घुस संकलकको काम भण्डारीले गरेका छन् । सचिवले पछिल्लो समयमा भण्डारीलाई प्रयोग गरी अर्थ संकलन अभियान सुरु गरेकी छन् ।

आइतबार गएको ३० जनाको जम्बो टोलीमा मन्त्रालयको विपद ब्यवस्थापन शाखाका प्रमुख चुडामणि भण्डारी, नर्सिङका निर्देशक रोशनी तुईतुईसहित ३० जना विपत ब्यवस्थापनको कार्यक्रममा गएका हुन् । २८ जना अस्पतालहरुका मेडिकल सुपरिटेन्डेन्ट छन् ।

स्वास्थ्य मन्त्रालयबाट मासिक १ सय जना कर्मचारी विभिन्न कार्यक्रमका बहानामा विदेश जाने गरेका छन् । ती कर्मचारीको विदेश भ्रमण स्वीकृत गर्दा सचिव चौधरीले दररेट तय गरी बिचौलियामार्फत्. संकलन गर्ने गरेको आरोप छ । पछिल्लो समय सचिव चौधरीका बिचौलिया चुडामणि भण्डारी पनि थपिएका छन् । मुद्दा हाल्दा पनि ११ औं तहमा बढुवा हुन नसकेपछि अहिले भण्डारी मन्त्रालयमा सचिवका विश्वासिला संकलक भएका छन् ।

विदेश भ्रमण सम्बन्धी निर्देशिका र मितव्ययिता सम्बन्धी विषयलाई ओली सरकारले कडाइ गरेर खानेपानी तथा सरसफाइ मन्त्री विना मगरसहित २ सहसचिवको कोष्टारिका भ्रमण रोकेको थियो । तर स्वास्थ्य मन्त्रालयको जम्बो टोलीलाई भने निर्देशिका र मितब्ययिताको नीति लागू हुन नसकेको ३० जनाको ताँतीको सिंगापुर भ्रमणले पुष्टी गरेको छ । सिंगापुर भ्रमणमा गएको स्वास्थ्य मन्त्रालयको टोली भोलि शनिबार फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्