Logo
Logo

पाँच सीमाक्षेत्रका भन्सार कार्यालयमा प्रभुको बैंकिङ सेवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । नेपाल सरकारले स्तरोन्नति गरेका भारतीय सीमाक्षेत्रस्थित भन्सार कार्यलयमा प्रभु बैंकले सेवा दिने भएको छ । बैंकले यसअघि भारतीय सीमाक्षेत्रमा रहेका अन्य भन्सार कार्यलयमा बैंकिङ सेवा शुरु गरिसकेको छ ।

बैंकले रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर जटही भन्सार कार्यालयमा बैंकिङ काउन्टर स्थापना गरी २०७६ वैशाखबाट सेवा प्रारम्भ गर्ने भएको छ । उक्त स्थानहरुमा बैंकिङ कार्यलय स्थापना गर्ने सम्बन्धी सम्झौतामा बिहीबार एक कार्यक्रमका बीच भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतिसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजश्व संकलनको आँकडामा वृद्धि हुन जाने बिश्वास बैंकले लिएको छ ।
बैंकले सेवा शुरु गरेसँगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरल रुपमा बैकिङ सेवाहरु प्राप्त गर्नेछन । साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्