Logo
Logo

जनक शिक्षाको ट्रकको ठक्करले भ्यानका चालकसहित २ को मृत्यु


- दृष्टि न्युज/संवाददाता


ललितपुर, २२ चैत । ललितपुरको धोविघाटमा जनक शिक्षा सामाग्री केन्द्रको ट्रकले शुक्रबार एक भ्यानलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रक पल्टिएर बा ७ च २१३१ नम्बर भ्यानलाई किच्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा सिन्धुपाल्चोक ठूलोपाखरका भ्यान चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पा रहेका छन् । दुर्घटनामा घाइते भएकी धनुषा घर भई ललितपुरको बुङ्गमती बस्दै आएकी स्मृती मगरको मेडिसिटी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्