Logo
Logo

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी


दृष्टि संवाददाता


काठमाडौ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि यसबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक जारी छ ।

दलको बैठकमा माओवादी केन्द्रबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरू सहभागी रहेका छन् । गत २९ असारमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका काँग्रेस सभापति शेरबहादुर देउवाले आज आइतबार बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्