Logo
Logo

देउवालाई मत दिन नेता खनालको अपील


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले शेरबहादुर देउवालाई विश्वासको मत दिन अपील गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले आइतबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री देउवालाई मत दिन आग्रह गरेका हुन् ।

हाल भारतको नयाँदिल्लीस्थित एपोलो मा उपचाररत नेता खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका छन् । उनले अबको सरकार निर्वाद रुपमा चल्नुपर्ने समेत बताएका छन् । साथै, वक्तव्यमा पार्टीलाई एकताबद्ध गर्न पनि युवापुस्तालाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्