Logo
Logo

अनमोल-सुहाना सम्बन्ध ‘फिल्ममा जस्तै…’ !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ चैत । फिल्म ‘ए मेरो हजुर–३’मार्फत रजतपटमा अभिनेत्रीका रुपमा डेब्यु गर्न लागेकी सुहाना थापा यतिखेर चर्चामा छिन् । आफू अभिनीत फिल्म रिलिज हुनअगावै यी नवोदित अभिनेत्री नेपाली फिल्मका योङस्टार अनमोल केसीसँग जोडिएपछि चर्चा आएकी हुन् ।
सुहाना र अनमोल अभिनीत ‘ए मेरो हजुर–३’ यही आउँदो शुक्रबार अर्थात २९ चैतमा सार्वजनिक हुँदैछ । यसैबेला अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहानाले अनमोलसँगको सम्बन्धबारे मुख खोलेकी हुन् ।
एक यु–ट्युब च्यानललाई दिएको लाइभ अन्तर्वार्तामा उनले अनमोल पनि श्रीकृष्ण भक्त र भेजिटेरियन भएका कारण भविष्यमा आफुहरुको बिहे हुन सक्ने बताइन् । डेब्यु फिल्ममै अनमोलसँग अनस्क्रिन रोमान्स गर्ने अवसर पाएकी सुहाना अनमोलसँग अनमोल सम्बन्ध गाँस्न सक्ने अभिव्यक्ति दिएपछि चर्चामा आएकी हुन् । तर, यसलाई कतिपयले फिल्म प्रमोशनको प्रोपागाण्डाका रुपमा लिएका छन् ।
तर, उनकी आमा तथा फिल्मकी निर्देशकसमेत रहेकी झरना थापाले समेत आफ्नी छोरीको विवाह अनमोलसँग हुन सक्ने बताएकी छन् । सुहानाको फिल्मभित्र जस्तै बाहिर पनि अनमोलसँग आफ्नो सम्बन्ध उस्तै रहेको झरनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्