Logo
Logo

प्रधानमन्त्री देउवाद्वारा अपांग अस्तालको निरीक्षण


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जोरपाटीस्थित अपांग अस्पतालको खोप केन्द्रबाट अनुगमन गरेका छन् । प्रधानमन्त्री देउवाले बिहान १० बजे खोप केन्द्रमा पुगेर अनुगमन सुरु गरेका हुन् ।

आजदेखि जोन्सन एण्ड जोन्सनको ५० देखि ५४ वर्ष उमेर समुहकालाई खोप दिन सुरु भएको छ । अमेरिकाले कोभ्याक्स सुविधामार्फत नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप एक जोडमात्रै लगाए पुग्छ । सोही अवसरमा प्रधानमन्त्री देउवाले अपांग अस्पताल निरीक्षिण गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार प्रधानमन्त्री देउवाले अपांग अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध र पाटन अस्पताललगायत खोप केन्द्रहरु निरीक्षण गरेका छन् । काठमाडौँका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्