Logo
Logo

बालबालिकामा पब्जीको प्रभाव : ‘पब्जी’ नखेल भन्दा छोराले गरे आत्महत्या


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, २४ चैत (एजेन्सी) । पछिल्लो समय अनलाइन भिडियो खेल ‘पब्जी’ जति लोकप्रिय बन्दैछ, त्यति नै समाजका लागि नकारात्मक बन्दै गएको छ । विशेषगरी बालबालिका तथा टिनएर्जसमाझ नशा बन्दै गएको ‘पब्जी’ले कै कारण धेरैलाई ज्यान समेत गुमाइसकेका छन् ।
यस्तै, भारतको दक्षिणी क्षेत्रमा कल्लाकुरी सम्बाशिव नामका ६ कक्षामा अध्ययनरत एक बालकले पब्जीकै कारण आत्महत्या गरेका छन् । ती बालकलाई उनकी आमाले परीक्षाबो समय ‘पब्जी’ नखेल भन्दा बालकले आत्महत्या गरेका छन् ।
भारतीय समाचारमाध्यमका अनुसार घटना केही दिनअघिको हो । ती किशोरले आत्महत्या गरेपछि उनका पिताले ‘पब्जी’मा रोक लगाउन माग गरेका छन् । परीक्षाको बेला ‘पब्जी’ खेलिरहेका किशोरलाई उनकी आमाले पढ भनेर कर गरेका थिए । तर, आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेको घरको आफ्नै कोठामा फ्यानमा झुण्डेर आत्महत्या गरेको जनाइएको छ । रिसाएर कोठामा गएका किशोरले उनका बुबा–आमाले ढोका फोरेर भित्र छिर्दासम्म ज्यान गुमाइसकेका थिए ।
हालैमात्र न्युजिल्याण्डमा एक गोलीकाण्ड भएको थियो । उक्त गोलीकाण्ड ‘पब्जी’कै कारण उब्जिएको भन्दै त्यहाँको सरकारले पब्जीमाथि प्रतिबन्द गरेको छ । पब्जी एउटा यस्तो डिजिटल भिडियो गेम हो, अनलाइनमार्फत टाढा–टाढाका साथीहरुसँग टिमवर्क गरेर युद्ध लडिन्छ । जसले बालबालिकामाथि नकरात्मक प्रभाव फैलाएको भन्दै भारतलगायतका मुुलुकमा पब्जीमाथि प्रतिबन्ध गर्नुपर्ने आवाज उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्