Logo
Logo

कांग्रेस गुटगत भासमा फसेको छ : आचार्य


- दृष्टि न्युज/संवाददाता


बागलुङ, २४ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले पार्टी गुटगत भासमा फसेको बताएका छन् । नेपाल प्रेस युनियनद्वारा आइतबार आयोजित पत्रकार भेटघाटमा उनले चुनावपछि कांग्रेस हलचलबाट गुज्रेको उल्लेख गरे ।
‘पार्टीको आन्तरिक शक्ति संग्रह पनि हुनसकेको छैन’, नेता आचार्यले भने, ‘गुटगत विभाजनबाट कांग्रेसलाई बाहिर निकाल्न कोशिस भइरहेको छ ।’ पार्टी कमजोर भएका कारण प्रतिपक्षीको भूमिका पनि अर्थपूर्ण हुन नसकेको उनको भनाइ छ । पूर्वअर्थमन्त्री समेत रहनुभएका नेता आचार्यले मुलुको समृद्धिका लागि विदेशी लगानी र प्रविधि भित्र्याउनुपर्नेमा जोड दिए ।
सरकारले हालै गरेको लगानी सम्मेलनबाट अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह भएको उनको भनाइ छ । पूर्णतया लगानीयोग्य वातावरण नबनेसम्म विदेशी लगानी नभित्रने उनले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्