Logo
Logo

प्रधानमन्त्री भेट्न बालुवाटर किन गए महन्थ ठाकुर ?


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । बुधबार बिहान प्रधानमन्त्री देउवा भेट्न ठाकुर बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री र ठाकुर भेटमा यसअघि जसपाले उठाउँदै आएका मागलगायत विषयमा छलफल भएको बताइएको छ ।
जसपा ठाकुर पक्षले केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठाउँदै आएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यिनै माग राखी ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो । जसपा अन्तिम अवस्थमा आएर ठाकुर पक्षले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत पनि दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्