Logo
Logo

सनराइजको कार्डलेस भुक्तानी सेवा : ग्राहकले कसरी प्रयोग गर्ने ?


दृष्टि संवाददाता


काठमाडौं । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरु गरेको छ । हालसम्म ग्राहकले आफ्नो डेबिट कार्ड प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकामा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डबिना नै एटीएमबाट रकम झिक्न सकिने भएको छ ।

यस सेवाअन्र्तगत ग्राहकले मोबाइल बैंकिङ्ग प्रयोग गरी कार्डलेस विद्ड्र अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मित गर्नुपर्नेछ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ । बैंकको एटीएममा गई कार्डलेस विदड्र अप्सनमा रोजी एसएमएसमा आएको कोडको प्रयोग गरी कार्ड बिना नै रकम झिक्न सकिने बैंकले जनाएको छ । यस प्रक्रियामा आएको कोड गोप्य र सुरक्षित राख्न अति आवश्यक रहेको बैंकले जनाएको छ ।

यस सेवाबाट नयाँ र अत्याधुनिक यस प्रविधिको प्रयोगले भौैतिक कार्ड बोक्न बिर्सेको अवस्थामा पनि मोबाइल बैंकिङ्ग प्रयोग एटीएममार्फत सजिलै रकम झिक्न सकिनेछ । सनराइज बैंकले यसअघि मिस्ड कलबाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानी जस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ । यो सुविधा देशभरका बैंकको एटीएममार्फत लिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्