Logo
Logo

यसराज र सरिता बने बेहुला-बेहुली (भिडियो)


दृष्टि संवाददाता


काठमाडौं । गायक गणेश थापाको स्वरमा ‘आयो तिम्रो राजा’ बोलको गीत तथा भिडियो रिलिज भएको छ । उक्त गीतको भिडियोलाई बुढासुब्बा डिजिटलले सार्वजनिक गरेको हो ।

रोमान्टिक शैलीको उक्त गीत नृत्य प्रधान छ । गीतमा सुवर्णकुमार श्रेष्ठको संगीत तथा संगीत संयोजन छ । गीतलाई सुदन लुईंटेलले लेखेका हुन् ।

यस गीतको भिडियो निकै आकर्षक बनेको छ । गीतको भिडियोमा अभिनेता यसराज गराच र गायिका तथा मोडल सरिता भारती प्रस्तुत भएका छन् । यी दुईको सम्बन्धमा सहयोगी भएर अर्की मोडल मञ्जुला गिरी पनि कलाकारको रुपमा प्रस्तुत भएकी छन् । यसराज र सरिताको अभिनय प्रसंसनीय छ ।

यस गीतको भिडियोलाई नृत्य निर्देशन तथा निर्देशन सुवास बुढाथोकीले गरेका हुन् । उनी यो गीतबाट एक दशकपछि नृत्य निर्देशन तथा निर्देशनमा फर्किएका हुन् ।

गीतमा सुरेशकुमार राउतको सम्पादन, टंक केसीको छायाँकन, बिना रानामगर र शोभा श्रेष्ठको सृँगार रहेको छ । यो गीत र भिडियोको निर्माता सवनम थापा र नेहा थापा हुन् ।

चार दशक अघि काठमाडौंको आरआर क्याम्पस पढ्दा गायनमा लागे पनि विभिन्न कारणले गणेश थापाले गायनलाई अघि बढाउन सकेनन् । उमेरले ६० पुग्दै गर्दा यिनै कलाकार यतिबेला भने गायकको रुपमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्