Logo
Logo

रेडबुलको स्टोरमा छापा, चार जना प्रहरी नियन्त्रणमा


दृष्टि संवाददाता


काठमाडौँ । प्रहरीले काठमाडौँका विभिन्न चार स्थानमा रहेको शक्तिबद्र्धक पेयपदार्थ ‘रेडबुल’को स्टोरमा छापा मारेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटारस्थित स्टोरमा छापा मारेको हो । छापा मार्नेक्रममा स्टोरका चार जना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा काठमाडौँका रबिनराज श्रेष्ठ, बाँके घर भएका राजु पौडेल, ओेखलढुंगा घर भएका धन बहादुर श्रेष्ठ र सर्लाही घर भएका वीरेन्द्र चौधरी रहेका छन् ।

शक्तिबद्र्धक पेय पदार्थ रेडबुलको ती स्टोरबाट ४ हजार ८ सय ४८ वटा रेडबुल बरामद गरिएको प्रहरीले जनाएको छ । २०७६ असार मा प्रकाशित राजपत्र भाग–५ मा क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ विक्री–वितरण बन्देज गरिएको छ । सोहीअनुसार सर्वसुलभ रूपमा पाइने रेडबुल प्रतिबन्धित भएको हुनाले बेच्न नमिल्ने अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्