Logo
Logo

सडक दुर्घटनामा ११ जना मजदूरको मृत्य


- दृष्टि न्युज/संवाददाता


क्वालालम्पुर, २५ चैत (सिन्ह्वा) । मलेसियन एयरलाइन्सको एक कार्गाे कम्पनीका लागि विदेशी कामदारहरु ल्याइएको एक बस दुर्घटनामा परेपछि त्यस बसमा रहेका ११ जना मजदूरको ज्यान गएकोछ ।
उक्त बस क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आउँदा त्यस क्षेत्रमा निर्मित एक ढलमा खसेको थियो । बस ढलमा खस्दा त्यस बसमा रहेका कम्तीमा पनि ११ जनाको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
सो विमानस्थल मलेसियाको क्लिया जिल्लामा अवस्थित छ । सो जिल्लाका प्रहरी अधिकारी जुलकिफ्ली अमामसाहले आइतबार भएको यस दुर्घटनामा परी कम्तीमा ११ विदेशीको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएका छन् । सो ढल करिब २० मिटर गहिरो थियो । सो बसमा रहेका अधिकांश मजदूरको निधन भएको छ । बसका चालकको पनि सो दुर्घटनामा परी ज्यान गएको बताइएको छ ।
त्यस विषयमा अनुसन्धान शुरु भएको छ । त्यस बसमा कतिजना सवार थिए भन्ने विषयमा भने केही नबताइएको मलेसियाली समाचार समिति बर्नामाले जानकारी दिएको छ । त्यसैगरी मृत्यु भएका ती विदेशी कामदारहरु कुन देशका हुन् भन्ने बारेमा पनि केही खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्