Logo
Logo

नहरमा तीन जनाको शव फेला


दृष्टि संवाददाता


बाँके । बाँकेमा पानीमा नहरमा डुबेको अवस्थामा तीन जनाको शव फेला परेको छ । कोहलपुर नगरपालिका–१० चटारस्थित डडुवा खोलाको नहरस्थित पानीमा डुबेको अबस्थामा बुधबार साँझ ती शव फेला परेका हुन् ।

सो नगरपालिकाको वडा नम्वर ११ स्थित श्रृष्टिहलनजिक बस्ने अन्दाजी बर्ष १६ का अरिब जसगढ, बर्ष १७ का अरमान जसगढ र सदरलाईन टोलका वर्ष १८ को रासिद जसगढको शव उक्त नहरमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार उनीहरु त्यस नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर पाएपछि त्यहाँ पुगेका थिए । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुको शव फेला पारेको हो । उनीहरुको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्