Logo
Logo

जसपाको आधिकारिता आज टुंगो लाग्ला ?


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवाद आज निर्वाचन आयोगले टुंगो लगाउने भएको छ । आयोगको इजलासमा बहसपछि सकेसम्म आजै आदेश आदेश आउन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

जसपाको केन्द्रीय कारिणी समितिको बहुमत उपेन्द्र पक्षले दावी गरेको छ । यस्तै, अर्का अध्यक्ष महन्थ ठाकुरले पनि ७ पुसको निर्णयअनुसार कार्यकारिणी समिति हेरफेर गरेका विवरण आयोगमा बुझाएका छन् । तर, पछिल्लो समय जसपाको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर उपेन्द्र यादव पक्षको बहुमत छ ।

आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने सम्भावना बढी छ । यदि त्यो अवस्था आएमा ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि बाटो खुल्नेछ । जसपाको संघीय संसदीय दलमा ३४ जना सांसद छन् । तीमध्ये प्रतिनिधिसभामा ३२ जना छन् । पछिल्लोपटक यादव पक्षको बैठकमा प्रमोद साह, रुही नाज, नरमाया ढकाल, रानी मण्डल, अमृता अग्रहरी र रेनुका गुरुङ सहभागी भएका थिए । जो त्यसअघि ठाकुर पक्षका थिए ।

प्रतिक्रिया दिनुहोस्