Logo
Logo

‘याक्थुङ आइडल सिक्किम’ हुने


दृष्टि संवाददाता



काठमाडौं । याक्थुङ आइडल सिक्किम (याक्थुङ इनाक सुखिम) हुने भएको छ । नियारा प्रोडक्सन सिक्किमद्वारा गर्न लागिएको उक्त प्रतियोगिता विश्व भरिका लिम्बू भाषीले सहभागी हुन पाउने छन् ।

मंगलबार सिक्किम डिलाइट होटलको सभाहलमा पत्रकार सम्मेलन गरि याक्थुङ आइडल सिक्किम (याक्थुङ इनाक सुखिम)को पोस्टर सार्वजनिक गरिएको थियो । सिक्किममा विभिन्न रियालिटी सोहरु भएतापनि याक्थुङ आइडल भने पहिलोपटक गर्न लागिएको हो ।

यश नियारा प्रोडक्सनले भने बिगत बर्षहरुमा पहिलो पटक अन्तरास्ट्रिय चासोक तङ्नाम मेला साथै विभिन्न लिम्बु फेस्टिभलहरुको आयोजना गर्दै आइरहेको छ । याक्थुङ आइडल (याक्थुङ इनाक)मा भने विभिन्न लिम्बू भाषाका गीतहरु गाउन सक्ने लिम्बू गैर–लिम्बुहरुले भाग लिन सक्ने कुरा यस आयोजक समितिका अध्यक्ष नियारा ताम्लिङले बताए ।

ताम्लिङका अनुसार प्रतियोगीताको अडिसन भने डिजिटल प्रबिधिबाट नभएर स्वयम् उपस्थिति बाट अडिसन गरिने तर विभिन्न स्थानमा अडिसन गरिने बारे स्पष्ट पार्नु भयो।विश्व महामारी कोरोना भाइरसले बिश्वा प्रभाबित भइरहेको अवस्थामा यस्तो कार्यक्रम गर्नु चुनौतिको बिषय होइन ? भन्ने प्रश्नमा हालको अवस्था लाई मध्यनजर गर्दै सामान्य अवस्थामा फर्किने बितिकै फारम बितरण खोल्ने र अडिसनको तयारी गर्ने बताए ।

अहिलेको नयाँ पिडिमा आफ्नो भाषा संस्कार संस्कृति तथा साहित्य कलाका बिषयहरुमा चासो घट्दै गइरहेको ले यस्तो रियालिटी सो हरुले उनिहरुमा नयाँ थप उर्जा प्रदान गर्ने र आफ्नो जिम्मेवारीबारे थोरै भएपनि सिक्ने छन् । प्रतियोगितामा हाक्पारे, पालाम, ख्याली,ताम्के, तुवा र माङसाम्लोलगायत सबै बिधाका गीतहरु गाउन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्