Logo
Logo

‘मिसेस मंगोल नेपाल’को उपाधि बौद्धकी अञ्जुलाई


दृष्टि संवाददाता


काठमाडौं । ‘मिसेस मंगाल नेपाल’को उपाधि अञ्जु शेर्पाले जितेकी छन् । अमेजन इन्टरटेन्मेन्टले आयोजना गरेको यो सातौँ कोभिड संक्रमणको जोखिमका कारण ब्रोडकास्टिङ एडिसन टिभीशोमार्फत गरिएको थियो ।

प्रतियोगिताको फाइलनमा प्रमुख निर्णायक डा. रेखा थापाले गरेको प्रश्नमा उत्कृष्ट उत्तर दिँदै अञ्जुले ‘मिसेस मंगोल नेपाल–२०२१’को ताज जितेकी हुन् । ताज आफ्नो पोल्टामा पारेपछि बौद्धकी अञ्जुले भनिन्, ‘आज निकै खुसी छु ।’

त्यस्तै, प्रतियोगितामा हिरा शेर्पा फस्ट रनरअप र निशा थापा मगर सेकेन्ड रनरअप भएका छन् । थर्ड रनरअप सोभा मगर र गौरी लामा फोर्थ रनरअप भए । १५ प्रतियोगीमध्ये विभिन्न चरणबाट छनोट हँुदै टप पाँचलाई मात्र फाइनलमा उतारिएको थियो ।

हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा डा. रेखा थापाका अलावा माया लामा, ब्युटिसियन नेपालकी हेमा पुन मगर र मिसेस आईकन नेपाल सोनिया ज्याखो थिए । सो कार्यक्रमलाई मोडल दिक्पाल कार्कीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्