Logo
Logo

ओली पक्षको भेलामा कुटाकुट !


दृष्टि संवाददाता


मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकमा कुटाकुट भएको छ । बिहीबार मोरङको उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा भएको नगरस्तरीय विस्तारित बैठकमा कार्यकर्ताबीच कुटाकुट भएको हो ।

ओली समूहले नगरसमिति घोषणा गर्ने र सदस्यता नविकरण गर्ने भन्दै विस्तारित बैठक आयोजना गरेको थियो । एमाले मोरङ संयोजक ऋषिकेष पोखरेल बैठकमा जाने कार्यक्रम थियो । उक्त भेला सुरु हुनुभन्दा अगाडि कार्यकर्ताबीच आपसमा झडप हुँदा कुर्सी तोडफोड भएको हो ।

सो समूहका उर्लाबारी नगर संयोजक उमाकान्त गौतमका अनुसार विस्तारित बैठक आयोजना हुनुभन्दा अगाडि नै तोडफोड भएको थियो । ओली समूहले भने माधव समूहका कार्यकर्ताले तोडफोड गरेको हुनसक्ने आशंका गरेका छन् । तर, माधव समूहका नगर संयोजक गंगा बास्तोलाले आफूलाई बैठकमा भएको तोडफोडको विषयमा जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्