Logo
Logo

ब्रेक फेल हुँदा दुर्घटना, ४ को मृत्यु, ३५ घाइते


- दृष्टि न्युज/संवाददाता


सुनसरी, २५ चैत । धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन् । सोमबार धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बे्रक फेल भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक महिला र उनकी छोरीको नाम खुलेको छैन । घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्