Logo
Logo

पति पक्राउ परेपछि शिल्पाले मुख खोलिन्- ‘मलाई कसैले पनि भड्काउन सक्दैन’


दृष्टि संवाददाता


एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीले आफ्नो पति राज कुन्द्रा पक्राउ परेको केही दिनपछि मुख खोलेकी छन् । नायिका शेट्टीले इन्स्टाग्राम एउटा पुस्तकको तस्वीर शेयर गर्दै लेखेकी छन्, “म गहिरो श्वास लिन्छु, यो जानिजानी कि म जिउँदै छु र भाग्यमानी छु। मैले पहिला पनि चुनौतीको सामाना गरेको छु र भविष्यमा पनि चुनौतीको सामाना गरेर बाँच्नेछु ।आज मलाई जीवनबाट कसैले पनि भड्काउन सक्दैन।”

अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनको पीत कुन्द्रालाई सोमबार राती मुम्बई पुलिसको क्राइम ब्रान्चले पक्राउ गरेको हो ।

यो पनि

प्रतिक्रिया दिनुहोस्