Logo

कमल थापा-विप्लवबीच छलफल : थापाले भने, ‘सौहार्दपूर्ण भेटघाट भयो’


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । अध्यक्ष थापालाई भेट्न विप्लव शुक्रबार बिहान बूढानीलकण्ठ पुगेका हुन् ।

भेटमा वर्तमान राजनीतिक अवस्था र हालै सरकार र विप्लवबीच भएको ३ बुँदे सम्झौतालगायत विषयमा छलफल भएको बताइएको छ । भेटपछि अध्यक्ष थापाले विप्लवसँग सौहार्दपूर्ण भेटघाट भएको बताएका छन् । थापाले ट्वीटरमा भनेका भनेका छन्, ‘नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव र सो पार्टीका नेता तथा राप्रपाका नेताहरुबीच आज सौहार्दपूर्ण भेटघाट भयो । दुवै पक्षबिच समसामयिक विषयमा विचार विमर्श भयो ।’

विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा आफू रहेको उनले बताएका छन् । यसअघि विप्लव थापालाई भेट्न प्रवक्ता विश्व प्रकाश शर्मा र हेमन्त प्रकाश ओलीसहित बूढानीलकण्ठ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्