Logo
Logo

खोप कार्ड प्रमाणीकरण आजदेखि चार स्थानबाट


दृष्टि संवाददाता


काठमाडौं । खोप कार्ड प्रमाणीकरण अत्याधिक भीड भएपछि अब चार स्थानबाट गरिने भएको छ । वैदेशिक रोजगारीमा जाँदा कोभिडविरुद्धको खोप लगाएको प्रमाणीकरण अनिवार्य गर्नुपर्ने भएकाले अत्याधिक भीड लाग्ने गरेको थियो ।

खोप कार्ड प्रमाणीकरण गर्न टेकु अस्पतालमा लाइनमा बसेका सर्वसाधारण ।

यसअघि टेकु अस्पतालबाट मात्रै खोप कार्ड प्रमाणीकरणको काम हुँदा विदेश जाने तयारीमा रहेका नेपाली नागरिक मध्यरातसम्म अस्पतालको गेट बस्न बाध्य भएका थिए ।

सोही कारण अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारदेखि काठमाडौं उपत्यकाका चार अस्पतालबाट कोरोना खोप लगाएका नागरिकको खोप कार्ड प्रमाणीकरण सुरु गरेको जनाएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको खोप महाशाखा प्रमुख डा. झलक गौतमका अनुसार सचिवस्तरीय निर्णयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्