Logo
Logo

मलेसियामा बस दुर्घटनामा : २ नेपालीसहित १४ को मृत्यु, १२ नेपाली घाइते (नामावलीसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ चैत । मलेसियामा आइतबार साँझ भएको बस दुर्घटनामा २ नेपालीसहित १४ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा १२ जना नेपाली कामदार घाइते भएका छन् । ज्यान गुमाउनेमा रामु चौधरी र जगरनाथ सिंह दनुवार रहेका छन् ।
४४ जना कामदार बोकेर मलेसियाको क्वालालाम्पुर विमानस्थलतिर गइरहेको बस दुर्घटनामा परेको थियो । बस विमानस्थल नजिकै सेपाअङमा १० मिटर तल नालीमा खसेर दुर्घटना भएको मलेसियन मिडियाले जनाएका छन् ।
मृत्यु हुनेमा दुई नेपाली, पा“च बंगलादेशी, तीन इन्डोनेसियन र मलेसियन नागरिक रहेका छन् । बस चालकको ज्यान गएको छ । दुर्घटनामा परी घाइते हुने नेपालीहरुमा लोकेश ओली, कृष्णबहादुर कवार, महेशकुमार बुढाथोकी, सुमन गाम्छा मगर, केशव थापा, सन्तोषकुमार यादव, लोकेन्द्रबहादुर शाही, सुरज यादव, महेशकुमार बुढाथोकी, विश्वकर्मा मण्डल, पदमबहादुर कु“वर र सन्तोषकुमार शाह रहेका छन् । उनीहरुको वतन भने खुल्न सकेको छैन । घाइतेमध्ये केशव थापा, लोकेश ओली, विश्वकर्मा मण्डलको अवस्था गम्भीर रहेको बताइएको छ ।
चालकले मोबाइल फोनको प्रयोग गरेर सवारी चलाउ“दा बस दुर्घटनामा परेको घाइतेहरुलाई उदृत गर्दै मलेसियास्थित सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुको मलेसियाका सेरदान, पुत्रजया, बान्तिङ र काजाङ अस्पतालमा उपचार जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्