Logo
Logo

नेपाल इन्स्योरेन्सको कामु सिईओमा पोखरेल नियुक्त


दृष्टि संवाददाता

1.6k
Shares

काठमाडौं । नेपाल इन्स्योरेन्सको कायम मुकाय (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ईश्वर पोखरेल नियुक्त भएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह चार वर्षे कार्यकाल सकेर इन्स्योरेन्सबाट बिदा हुने भएपछि कामु सिईओमा पोखरेल नियुक्त भएका हुन् । शाह शनिबारदेखि कम्पनीबाट बिदा हुँदैछन् ।

शाहले आफ्नो कार्यकाल सफलतापूर्ण पूरा गरेपछि विदा हुन लागेका हुन् । ७ साउनमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले पोखरेलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त कामु सीईओ पोखरेलले कम्पनीको अर्को व्यवस्था नभएसम्म कम्पनीको उक्त पदको कार्यभार सम्हाल्ने छन् ।
कुशल व्यवसायिक तथा व्यवस्थापकका रुपमा चिनिएका शाहको नेतृत्वमा नेपालको पहिलो बीमा कम्पनी व्यवसायिक कम्पनीमा रुपान्तरित भएको थियो ।

शाहको कार्यकालमा कम्पनीले १९ शाखालाई ५० पुर्याएका छन् भने २९ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी वृद्धि भई एक अर्ब २४ करोड रुपैयाँ पुगेको छ । २०७८ असार मसान्तसम्ममा इन्स्योरेन्सको अनुमानित नाफा ३५ करोड रुपैयाँभन्दा बढी रहेको छ, जुन हालसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस्