Logo
Logo

ओलम्पिक : जापान र दक्षिण कोरियालाई स्वर्ण


दृष्टि संवाददाता


एजेन्सी । जापानको राजधानी टोकियोमा जारी ओलम्पिकमा दक्षिण कोरिया र आयोजक जापानले एक/एक स्वर्ण हात पारेका छन् ।

शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका खेलाडीलाई पछाडी पार्दै प्रतिस्पर्धी दक्षिण कोरियलाई पहिलो स्वर्ण दिलाएका हुन् ।

प्रतियोगितामा ५-३ को अन्तरले दक्षिण कोरियाको जित भएको हो । नेदरल्याण्डले रजत पदक प्राप्त गरेको छ भने मेक्सिकोले कास्य पदक जितेको छ ।

यता, जुडोका नओहिसा ताकातोले आयोजक जापानकालाई पहिलो स्वर्ण दिलाए । उनले ६० केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।

ताकातोले चाइनिज ताइपेइका युङ वेइ याङलाई फाइनलमा पराजित गर्दै उपाधि जितेका हुन् । गोल्डेन स्कोरमा पुगेको फाइनलमा याङले तेस्रो शिदो पाएपछि ताकातो विजयी भएका थिए । फ्रान्सका लुका खेइद्जे र कोसोभोका येल्दोस स्मेतोभले कास्यमा चित्त बुझाए ।

प्रतिक्रिया दिनुहोस्