Logo
Logo

चोरीको गाडीसहित दुई जना पक्राउ


दृष्टि संवाददाता

2.3k
Shares

काठमाडौं । चोरीको गाडीसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं बौद्धबाट चोरीको गाडीसहित मुस्ताङ घर भई वौद्ध बस्ने आग्या गुरुङ र भारत पश्चिम बंगाल घर भई वौद्ध बस्ने सोनाम टासी योल्मोलाई पक्राउ गरको हो ।

उनीहरुले उक्त गाडी भारतबाट चोरेर नेपाल ल्याएको हुन सक्ने महानगरीय अपराध महाशाखाले जनाएको छ । महाशाखाको अनुसार बरामद गाडीमध्ये एउटामा नेपाली नम्बर प्लेट र एउटामा भारतीय नम्बर प्लेटको छ ।

उनीहरुमाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्