Logo
Logo

विदेश जाने श्रमिक र विद्यार्थीका लागि ताेकियाे खाेप केन्द्र


दृष्टि संवाददाता


काठमाडौँ । सरकारले विदेश जाने श्रमिक र विद्यार्थीका लागि काठमाडौं उपत्यकामा निश्चित खोप केन्द्र तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार उनीहरुले नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर कोरोनाविरुद्धको खोप लगाउन सक्नेछन् ।

सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले पासपोर्ट र भिसा देखाएर विदेश जानेहरुले खोप लगाउन पाउने जनाएको हो । सरकारले विदेश जानेहरुका लागि जोन्सन एन्ड जोन्सन कम्पनीको खोप उपलब्ध गराएको छ । यो खोप एक मात्रा लगाए पुग्छ ।

प्रतिक्रिया दिनुहोस्