Logo
Logo

लेट्स किल दिस लभ : जसले ‘गंगनम स्टाइल’लाई उछिन्यो (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ चैत । केही दिनयता एक कोरियन गीतको भिडियोले विश्वभर तहल्का मच्चाइरहेको छ । जुन गीतले अहिलेसम्म यु–ट्युबमा सबैभन्दा धेरै हेरिएको ‘गंगनम स्टाइल’को रेकर्डलाई समेत तोडेको छ ।
दक्षिण कोरियाली पप ब्याण्ड ‘ब्ल्याकपिंक’ले निकालेको गीतले उक्त रेर्कड तोडेको हो । यो ब्याण्डले हालै ‘लेट्स किल दिस लभ’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको थियो । जुन गीत तथा भिडियोलाई संसारका दर्शकले यति धेरै हेरिसकेका छन् कि अहिलेसम्को रेकर्डले दुनियाँलाई अचम्म बनाएको छ ।
यो गीतले पपस्टार साई र आरियाना ग्रान्देको रेकर्ड पनि तोडेको छ । उक्त भिडियो यो समाचार बनाइरहँदा १३३८९५२५८ ले हेरिसकेका छन् । यो भिडियो यही ४ अप्रिलमा रिलिज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्