काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । दुई साताअघि शेरबाहादुर नेतृत्वको सरकार बनेपछि प्रदेश प्रमुखहरु हेरफेर भएको हो ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
गण्डकीमा सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशमा धर्मनाथ यादव प्रदेश प्रमुखमा छन् । पौडेल २०७८ वैशाख २० र यादव २०७६ कात्तिक १८ गते नियुक्त भएका थिए ।











