Logo

जीवन विकास लघुवित्तको आईपीओ ‘नेप्से’मा सूचीकृत


दृष्टि संवाददाता


काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’मा सूचीकृत भएको छ ।

नेप्सले बुधबार जीस्वन विकासको ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत गरेको हो । नेप्सेमा सूचीकृत भएसँगै यस संस्थाको आईपीओ अब दोस्रो बजारमा कारोबार हुनेछ ।

पहिलो कारोबारका लागि नेप्सेले जीवन विकासलाई न्युनतम् ३०५ रुपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसा तोकेको छ । यहीँ मूल्यलाई आधार मानेर यस कम्पनीको सेयर बिहीबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्