Logo
Logo

टोकियो ओलम्पिक : ५१ खेलाडीमा गौरिका ५०औं स्थानमा


दृष्टि संवाददाता


काठमाडौं । टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडी खेलाडी गौरिका सिंहले १ सय मिटर फ्रिस्टाइलमा औसत प्रदर्शन प्रदर्शन गरेकी छन् । उनले १ मिनेट ०.११ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी हुन् ।

उनी ४ खेलाडी सम्मिलित हिटमा तेस्रो भइन् । शीर्ष स्थानमा नाइजेरिया र दोस्रो स्थानमा मोन्टेनेग्रोका खेलाडी आए । गौरिकाले ग्वामका खेलाडीलाई मात्र पछि पार्न सकिन् ।

यो स्पर्धामा कुल ५१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा गौरिका ५०औं स्थानमा आइन् । शीर्ष १६ खेलाडी भने सेमिफाइनलमा पुगे ।

गौरिकाले औसत प्रर्दशन गरेपनि आफ्नै नामको राष्ट्रिय कीर्तिमानलाई भने टोकियो अक्वाटिक्स सेन्टरमा सुधार गरेकी छन् । विश्व च्याम्पियनसिपमा उनले सन् २०१९ मा १ मिनेट ०.६२ सेकेन्डको उत्कृष्ट समय राखेकी थिइन् ।

यसअघि उनले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा ५८.१३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । उनले त्यसबेला स्वर्ण जित्ने क्रममा भारतीय खेलाडीलाई पनि पछि पारेकी थिइन् । उक्त स्पर्धा २५ मिटर पुलमा भएको थियो ।

टोकियो ओलम्पिकमा यसअघि अर्का पौडी खेलाडी एलेक्जान्डर ग्याडिगाड शाहले मंगलबार राष्ट्रिय कीर्तिमान बनाएका थिए । सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिदै राष्ट्रिय कीर्तिमान बनाएका थिए। तर उनी दोस्रो चरणमा भने पुग्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्