Logo

मेस्सीको सन्यासपछि बार्सिलोनाले १० नम्बर जर्सी हटाउनुपर्छ : रोनाल्डिन्हो


दृष्टि संवाददाता


एजेन्सी । बार्सिलोनाको पूर्व स्टार ब्राजिलियन फुटबलर रोनाल्डिन्हाले लियोनेल मेस्सीलाई बार्सिलोनामै क्लब करियर टुङ्ग्याउन सुझाव दिएका छन् । रोनाल्डिन्हाले एक अन्तर्वातामा कप्तान मेस्सीलाई आफ्नो करियर बार्सिलोनाबाटे टुग्याउन सुझाव दिएका हुन् ।

रोनाल्डिन्हाले मेस्सीको सन्यासपछि बार्सिलोनाले १० नम्बर जर्सी हटाउनुपर्ने धारणा पनि राखे । उनले भने, ‘मेस्सी आफ्नो करियर बार्सिलोनामै टुंग्याउनपर्छ । र, उनलेको सन्यासपछि बार्सिलोनाले १० नम्बर जर्सी हटाउनुपर्छ ।’

मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौताका लागि सहमति बनिसकेको छ । तर, अहिलेसम्म आधिकारिक घोषणा भइसकेको छैन ।

मेस्सी बार्सिलोनाको युवा टोलीबाट सिनियर टोलीमा डेब्यु गर्दा रोनाल्डिन्हो टोलीका सबैभन्दा ठूला स्टार थिए । यी दुईले केही समय बार्सिलोनाबाट एकसाथ खेले । सन् २००८ मा रोनाल्डिन्हो बार्सिलोना छाडेर इटालियन क्लब एसी मिलानतर्फ गएका थिए । त्यसपछि मेस्सीले बार्सिलोनाको १० नम्बर जर्सी लगाएर खेल्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्