Logo
Logo

सुन पसल लुट्न खाेज्ने समूह सार्वजनिक


दृष्टि संवाददाता


माेरङ । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित एक सुनचाँदी पसलमा हतियार देखाई लुटपाट गर्न खोजेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हाे ।

सुन्दरहरैचा नगरपालिका–१० त्रिवेणी चोकका खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हतियार देखाई लुटपाट गर्न खोजेको अभियोगमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरा डेरा गरी बस्नेहरु संखुवासभा सभापोखरी गाउँपालिका–४ घर भएका ३९ वर्षीय प्रकाश भन्ने चन्द्रबहादुर राई, संखुवासभा बारबिसे गाउँपालिका–६ घर भएका ३० वर्षीय चिरञ्जीवी राई र भोजपुर पौवादुम्मा गाउँपालिका–३ घर भएका ३० वर्षीय नगेन्द्र राई छन् ।

ज्वेलर्समा असार ३१ गते ६ जना मोटरसाइकलमा आई लुटपाट गर्ने योजना बनाए पनि सफल हुन नसकेपछि बुढी खोलाको बाटो हुँदै इटहरीतर्फ गएको र साथमा लगेको हतियार नमुना सामुदायिक वन जंगलमा रूखको टोड्कोमा लुकाइ राखेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्