Logo
Logo

उपाधिसहित कार जित्न १६ को प्रतिस्पर्धा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ चैत । पहिलो संस्करणको प्रतियोगितामै विजेतालाई कार र उपविजेतालाई स्कुटी पुरस्कार दिएपछि चर्चामा आएको सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल आइकन’को दोस्रो अडिसन सुरु भएको छ ।
यसपटक पनि विजेताले २६ लाख रुपैयाँ बराबरको ड्याट्सन कार पाउनेछिन् । जसका लागि अब १६ प्रतिस्पर्धीको भिडन्त हुने भएको छ । राजधानीमा एक कार्यक्रमबीच ‘मिस नेशनल आइकन–२०१९’को पहिलो अडिसशनमा सम्पन्न भएको छ । जसबाट १६ प्रतियोगी छनोट भएका छन् ।
ब्राइट इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगितामा १६ देखि २६ वर्ष उमेर समूहका अविवाहित युवतीले सहभागिता जनाउन पाउने छन् । यस संस्करणको अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, आयोजक संस्थाका अध्यक्ष तथा गायक धनीराम राईलगायत निर्णायक थिए ।
निर्णायक मण्डलले छनोट गरेका प्रतियोगीहरुलाई अब करिब एक महिना कोरियोग्राफर रोजिन शाक्यले क्याटवाक, खेलकुदसहित विभिन्न आत्मविकासबारे एक महिने प्रशिक्षण दिनेछन् । त्यसपछि प्रतियोगीहरु फाइनलमा भिड्नेछन् ।
आयोजक संस्था ब्राइट ईन्टरटेन्मेन्टका अध्यक्ष तथा संगीकार समेत रहेका राईका अनुसार यसपटक पहिलो संस्करणमा भन्दा आकर्षक पुरस्कार राखिएका छ ।
अध्यक्ष राईले भने, ‘यो प्रतियोगिता यस्तो हो, जो अरुभन्दा विभन्न छ ।’ अरुले प्रतियोगिताको टाइटलमात्र भिराउने गरेको भन्दै उनले भने, ‘मिस नेशनल आइकन’ विजेताले कार पुरस्कारसहित प्लेटफर्म पनि पाउँछ ।’ उनका अनुसार फस्टर रनरअप र सेकेण्ड रनरअपले क्रमश स्कुटी र नगद ५० हजार पाउनेछन् ।
यसपटक सम्बृद्धि कार्की, कल्पना राई, नेहा मिश्र, आकांक्षा श्रेष्ठ, सोफी लिम्बू, मञ्जना राई, पुजा घले, देविका राई, स्नेहा कार्की, रञ्जना राई, देवी मगर, अनिशा राई, मुनाकुमारी राई, इलिना थापा मगर र ऐश्वर्या राईले ‘मिस नेशनल आइकन’ बन्नका लागि प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्