Logo

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए सपथ


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्व पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् ।
बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उपाध्यक्ष पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सपथग्रहण लिएका हुन् ।

साथै, योजना आयोगका सदस्यद्वय रामकुमार फुयाँल र दिलबहादुर लिम्बु पनि नियुक्त भएका थिए । उनीहरूलाई मन्त्रिपरिषदको गत साउन १२ को बैठकले आयोगमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्