पदमुक्त चार पूर्वसांसदको रिटमाथि आज सुनुवाइ, पुर्नवहाली होलान् ? « Drishti News – Nepalese News Portal
Logo

पदमुक्त चार पूर्वसांसदको रिटमाथि आज सुनुवाइ, पुर्नवहाली होलान् ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रको कारबाहीमा परेपछि पदमुक्त भएका चार पुर्वसांसदको रिटमाथि आज वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ हुँदैछ ।

माओवादी त्यागेर एमाले ओली पक्षमा लागेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार पुर्नवहालीको माग गर्दै रिट दर्ता गरेका थिए । उक्त रिटमाथि आज कार्कीको इजलासमा पेसी तोकिएको हो ।

चारै जनाले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्