Logo
Logo

‘शिल्पासँग खुशी थिएनन् राज’


दृष्टि संवाददाता


काठमाडौं । नायिका तथा मोडल शर्लिन चोपडाले पनि अभिनेत्री शिल्पा शेट्टीको श्रीमान व्यापारी राज कुन्द्राको पोर्नोग्राफी मुद्दामा बयान दिएकी छन् । बयानका लागि चोपडा मुम्बई क्राइम ब्रान्च पुगेकी हुन् ।

राज कुन्द्रा पक्राउ परेपछि केही मोडलहरु उनको विरुद्धमा खुलेरै बोलिरहेका छन् । अधिकांश मोडलहरुले राज कुन्द्रामाथि अश्लिल चलचित्र बनाउने गरेको आरोप समेत लगाएका छन् । तर, नायिका तथा मोडल शर्लिन चोपडाले भने उनीमाथि सेक्सूअल ह्यारेसमेन्टको आरोप समेत लगाएकी छन् ।

राज कुन्द्रालाई अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । साथै, उनले जमानतका लागि गरेको आग्रहलाई समेत अदालतले खारेज गरेको छ ।

शर्लिनले आफ्नो बयानमा क्रममा सन् २०१९ मार्च २७ मा भएको विजनेश मिटिङका क्रममा भएको बहसलाई लिएर विना जानकारी राज उनको घरमा पुगेका थिए । शर्लिनले राजले आफूलाई जर्बजस्ती चुम्बन गर्न खोजेको समेत आरोप लगाएकी छिन् ।

शर्लिनले बयानको क्रममा आफूले राज एक विवाहित पुरुष भएकाले पनि सम्बन्ध राख्न नसक्ने जवाफ दिएको बताएकी छिन् । राजले आफूलाई शिल्पासँग सम्बन्ध समधुर नभएको र घरमा रहँदा धेरै समय तनावमा रहने गरेको जानकारी गराएको पनि शर्लिनले बयानका क्रममा बताएकी छन् ।

यो पनि

प्रतिक्रिया दिनुहोस्